PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दुई हप्ताको अस्पताल बसाइपछि कांग्रेस महामन्त्री शशांक कोइराला भोलि घर फर्किने



पहिलोपोस्ट

दुई हप्ताको अस्पताल बसाइपछि कांग्रेस महामन्त्री शशांक कोइराला भोलि घर फर्किने

काठमाडौं : असार २१ गतेदेखि अस्पतालमा रहेर उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भोलि 'डिस्चार्ज' हुँदैछन्।
 
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई चाबहिलमा रहेको ओम अस्पताल लगिएको थियो। पिज्जा खाँदा सर्किएपछि उनको फोक्सोमा इन्फेक्सन समेत हुन पुगेको चिकित्सकहरुले बताएका थिए। उनलाई दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गराउनुपरेको थियो।
 
उनका सहयोगी भरत तिवारीका अनुसार अहिले स्वास्थ्यमा पूरै सुधार आइसकेको छ। चिकित्सकहरुकै सल्लाहअनुसार उनलाई घर फर्काउन लागिएको उनले बताए। 'तर, घर फर्किए पनि केही समय उहाँले रेस्ट गर्नुहुनेछ,' उनले भने।

महामन्त्री कोइरालाको खानापान समेत अहिले सामान्य बन्दै गएको छ। पिज्जाका पारखी उनले अहिले पिज्जा, मम र दालभात खान थालेको तिवारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell