PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

गिरानचौर एकीकृत बस्तीमा 'न्यानो स्पर्श', तीन सय कामदारको स्वास्थ्य जाँच



पहिलोपोस्ट

गिरानचौर एकीकृत बस्तीमा 'न्यानो स्पर्श', तीन सय कामदारको स्वास्थ्य जाँच

काठमाडौं : सामाजिक र चेतनामूलक काम गर्दै आएको समूह 'न्यानो स्पर्श' सिन्धुपाल्चोकको गिरानचौरस्थित एकीकृत बस्तीमा श्रमदान सँगसँगै स्वास्थ्य शिविर सञ्चालन गरी काठमाडौं फर्किएको छ।
 

२ डाक्टर, ४ नर्स र २ थप पुरुष स्वास्थ्यकर्मी सहित गिरानचौर पुगेको टोलीले ३ सयभन्दा बढी कामदार तथा गाउँलेले स्वास्थ्य जाँच गरेको थियो। उनीहरुलाई भ्याक्सिन लगाउनुका साथै विभिन्न औषधि समेत वितरण गरिएको समूहकी अध्यक्ष संगीता भट्टराईले बताइन्।
 

श्रमदानमा समूहका ३५ जना सदस्य खटिएका थिए। समूहले प्रशंसनीय कार्य गरेको भन्दै कलाकार सीताराम घिमिरे धुर्मुसले अवसरमा खुसी व्यक्त गरेका थिए।
  

४७० सदस्य रहेको 'न्यानो स्पर्श'ले विभिन्न सामाजिक तथा सकारात्मक सन्देशमूलक काम गर्दै आएको छ।
 
सिन्धुपाल्चोकको मेलम्ची-८ स्थित गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीको अगुवाइमा २९ गतेदेखि बस्ती निर्माण कार्य भइरहेको छ। गत वर्षको भूकम्पले ध्वस्त बस्ती निर्माणमा खटिएका उनीहरुले दसैंअघि नै हस्तान्तरण गर्ने लक्ष्य राखेका छन्। अहिले ६५ वटै घरको जग खन्ने र गारो उठाउने काम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell