PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

​संविधानबाहिर जाँदैनौं, हाउसले गर्ने सबै निर्णय मान्य हुनेछ : अर्थमन्त्री विष्णु पौडेल



पहिलोपोस्ट

​संविधानबाहिर जाँदैनौं, हाउसले गर्ने सबै निर्णय मान्य हुनेछ : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले संसदबाट हुने फैसला आफ्नो पार्टी र सरकारलाइ मान्य हुने बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजितमा पत्रकार सम्मेलनमा पौडेलले भने, 'लोकतान्त्रिक शक्ति भएकाले संसदले गर्ने सबै किसिमका फैसला हाम्रा लागि मान्य छन्।‘

उनले संविधान बनाउने शक्ति भएकाले आफ्नो पार्टी र सरकार संविधानभन्दा बाहिर नजाने बताए। ‘संविधानभन्दा बाहिर हामी जाँदैनौं,' उनले भने, ‘हाउसले गरेको निर्णय हार्दिकतापूर्वक स्वीकार गर्छौँ।‘

सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकार छाड्दै गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। मन्त्रिपरिषद्ले उक्त प्रस्तावको संसदमा सामना गर्ने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell