PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

डा. केसीको मागबारे दबाब दिने निर्णय गरेको कांग्रेसले भन्यो- 'संविधान संशोधनको कुरा बेकार हो'



रमेश वाग्ले

डा. केसीको मागबारे दबाब दिने निर्णय गरेको कांग्रेसले भन्यो- 'संविधान संशोधनको कुरा बेकार हो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावलाई टुंगोमा पुर्‍याउने निर्णय गरेको कांग्रेसले डा. गोविन्द केसीमा माग-सम्बोधनबारे दबाब सिर्जना गर्ने भएको छ।
 
पार्टी कार्यालय सानेपामा भरखरै सकिएको केन्द्रीय समिति बैठकले आमरण अनसनरत केसीका मागबारे कांग्रेसकै सरकारका पालामा केही समझदारी भएको भन्दै पहल लिने निर्णय गरेको हो।

'उहाँका पहिलेका अनसन क्रममा पनि हाम्रा केही समझदारी भएका छन्,' युवा नेता गगन थापाले भने, 'चिकित्सा क्षेत्र सुधार लगायतका मागमा हामी दबाब सिर्जना गर्नेछौं तर महाभियोगको विषय राजनीतिक भएकाले त्यसलाई भने छुट्टै छलफल गर्न जरुरी छ।'

यस्तै, नयाँ संविधानमा कुनै अस्पष्टता नरहेको कांग्रेसले ठहर गरेको छ। संविधान संशोधनको सवाल बेकार भएको भन्दै कांग्रेसले यो संविधानमा समस्या आउने कुनै बुँदा नरहेको निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रसहित कांग्रेसले संसदमा अविश्वास प्रस्ताव दर्ता गराइसकेको छ।
 
थप पढ्नुस्-
कांग्रेस बैठक : अविश्वास प्रस्ताव सफल बनाउने तथा एमालेसहितका दलसँग संवाद बढाउनेमा केन्द्रित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell