
लर्ड्स क्रिकेट मैदान भइरहेको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई २ सय १८ रनको चुनौती पेश गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको हो।
नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए। कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, राजु रिजालले २४ र सोमपाल कामीले २० रन बनाए। बसन्त रेग्मी २४ रनमा नटआउट रहे।
जवाफमा एमसीसीले केहीबेर पछि ब्याटिङ गर्नेछ।