PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

​एमाले निर्णय – संसदीय परम्परा अनुसार अविश्वासको प्रस्तावको सामना गर्ने



पहिलोपोस्ट

​एमाले निर्णय – संसदीय परम्परा अनुसार अविश्वासको प्रस्तावको सामना गर्ने

काठमाडौँ : नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनुको ‌औचित्य नभएको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले अविश्वासको प्रस्तावविरुद्ध संसदीय सबै परम्पराको आधारमा सामना गर्ने समेत निर्णय लिएको छ।

एमाले स्थायी समितिको निर्णयमा भनिएको छ – ‘सरकारका विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसदीय परम्परा तथा संवैधानिक प्रावधानका आधारमा सिंगो पार्टीलाई एकताबद्ध गर्दै त्यसको सामना गर्ने निर्णय गरेको छ।‘
 
साथै एमालेले संविधानले निदृष्ट गरेको व्यवस्था अनुरुप आउने जुनसुकै परिणामलाई पनि सहज रुपमा स्वीकार गर्ने समेत जनाएको छ।
 
बैठकपछि प्रवक्ता समेत रहेका सचिव योगेश भट्टराईले बजेट पारित हुन नदिएको र न्यायाधीशको सुनुवाई रोकिएकोमा समेत आपत्ति जनाए।

(समाचारमा प्रयोग गरिएको फाइल फोटो हो)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell