PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१५ दिनपछि अस्पतालबाट घर फर्किए शशांक कोइराला, 'स्वास्थ्य अवस्था अझै चिन्तामुक्त रहेको छैन'



रमेश वाग्ले

१५ दिनपछि अस्पतालबाट घर फर्किए शशांक कोइराला, 'स्वास्थ्य अवस्था अझै चिन्तामुक्त रहेको छैन'

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन्। 

उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ। तर कुन देशमा लग्ने भन्ने निर्णय भइसकेको छैन। यसबारे निर्णय उनकी पत्नी डा. सुपात्राले लिनेछिन्। 

उनलाई निवासमा लान पत्नीसहित छोरी सुप्रिया, ज्वाइँ अनिल आएका थिए। त्यसैगरी कांग्रेसका केन्द्रीय नेताहरु र नेविसंघका विद्यार्थीहरुको पनि ठूलो समूह अस्पताल परिसरमा उपस्थित थिए। 

अस्पताल परिसरमा शशांकका समर्थकहरुको भिडले एकछिन अस्पताल अस्तव्यस्त झैँ बन्न पुगेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell