PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

सार्वजनिक भयो ट्रिपल एक्सको टेलर, हेर्नुस् हलिउडमा दीपिका अवतार!



पहिलोपोस्ट

सार्वजनिक भयो ट्रिपल एक्सको टेलर, हेर्नुस् हलिउडमा दीपिका अवतार!

महिनौ लामो प्रतीक्षापछि हलिउड फिल्म ट्रिपल एक्स दी रिटर्न अफ जेन्डर केजको ट्रेलर सार्वजनिक भएको छ। भ्यान डिसेल लिड रोलमा देखिने फिल्ममा बलिउड हिरोइन दीपिका पादुकोण पनि उनको अपोजिटमा देखिनेछिन्।

दीपिकाले यसै फिल्मबाट हलिउड डेब्यु गरेकी हुन्। उनले सामाजिक सञ्जालबाट फिल्मको टेलर सेयर गरेकी छिन्। भ्यान डिसेलका ट्रिपल एक्स सिरिज सबै सफल छन्। एक्सन थ्रिलर जेनेराको फिल्ममा एजेन्टहरुको कथा हुने गर्छ।

डिजे क्रुसोको निर्देशनमा बनेको फिल्म आगामी जनवरीमा विश्वव्यापी रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell