
कुनै पनि खेलाडीको ठुलो शत्रु भनेको चोट 'इन्जुरी' हो। सानो चोटले पनि खेलाडीको करियरमा ठुलो धक्का लाग्छ। इन्जुरीबाट फिट भए पनि खेलाडीलाई पुरानै लयमा फर्कन कठिन हुन्छ।
तर चाइनिज सुपर लिग खेल्दै गर्दा खुट्टा भाँचिएर उपचार गराइरहेको डेम्बा बाले अहिल्यै सन्यास नलिने बताएका छन्।
खेलपछि क्लबका प्रशिक्षक मान्जानोले उक्त घटना पछि डेम्बा बा को व्यावसायीक करियर सकिने सम्भावना रहेको बताएका थिए। तर बा ले सन्यास नलिने प्रस्ट पारेका हुन्।
'यो एकदमै खराब चोट हो तर म यसबाट फर्कन सक्छु,' ३१ वर्षीय बा ले भने, 'म मेरो करिअर अहिल्यै अन्त्य गर्दिन। यो पक्का हो।'
इंग्सिल क्लब वेष्टहम, न्युकासनल युनाइटेड र चेल्सीको पुर्व खेलाडी समेत रहेका बा ले भने, 'यहाँको सिजन नोभेम्वरमा सकिनेछ र नयाँ सिजन मार्चमा सुरु हुनेछ। नयाँ सिजनको लागि समयमै फर्कन सक्दो प्रयास गर्नेछु।'
सेनेगलका ३१ वर्षे फरवार्ड बा जारी चाइनिज सुपर लिगका सर्वाधिक गोलकर्ता हुन्। गत जुलाईमा टर्किस क्लब बेसिकटासबाट गत जुलाईमा चाइनिज क्लब सांघाई सेन्हुअ पुगेका बा ले १८ खेलमा १४ गोल गरिसकेका छन्।
चाइनिज सुपर लिग अन्तर्गत गत आइतबार बा को खुट्टा भाँचिएको थियो। डर्बी भिडन्तमा सांघाई एसआइपिजी विरुद्धको खेलमा बा को खुट्टा भाँचिएको हो। एसआइपिजीका कप्तानको खुट्टा बाको खुट्टामा ठोक्किए लगत्तै बा मैदानमै ढलेका थिए। तेतिबेला यनको खुट्टा रबर जस्तै देखिएको थियो। बाको देब्रे खुट्टा घुँडा मुनि भाँचिएको हो।
खेल भने बा कै क्लब सांघाई सेन्हअले ३–२ ले जितेको थियो।