PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​पूर्व राष्ट्रिय फुटबलर नविन आर्मीको प्रशिक्षक



पहिलोपोस्ट

​पूर्व राष्ट्रिय फुटबलर नविन आर्मीको प्रशिक्षक

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा मनाङ मर्स्याङ्दीका पूर्व खेलाडी र प्रशिक्षक समेत रहिसकेका नविन न्यौपाने त्रिभुवन आर्मीको प्रशिक्षमा नियुक्त भएका छन्।

नियमित प्रशिक्षक मेघराज केसीको दुई वर्षे सम्झौता सकिएपछि आर्मीले न्यौपानेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो। न्यौपानेले हालै प्रशिक्षकको ए लाइसन्स उत्तीर्ण गरेका हुन्।

न्यौपानेलाई आर्मीले एक वर्षको लागि सम्झौता गरेको हो। आर्मी न्यौपानेले प्रशिक्षण सम्हाल्न लागेको दोस्रो नेपाली घरेलु क्लब हो। उनले दुई वर्षअघि मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षण सम्हालेका थिए।

घरेलु फुटबलमा एक वर्ष प्रतिबन्धमा परेपछि न्यौपानेलाई मनाङले प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो। उनको प्रशिक्षणमा मनाङले दुई वर्षअघि प्रेसिडेन्ट्स कपको छनोट चरणमा भाग लिएको थियो।

डिफेन्डरको भूमिकामा खेल्ने न्यौपानेले करिब आधा दशक नेपाली राष्ट्रिय फुटबल टीमका लागि खेलेका थिए।
फोटो : न्यौपानेको फेसबुकबाट

नविन न्यौपानेको सहायकको रुपमा आर्मीकै चुन बहादुर थापा नियुक्त भएका छन्। न्यौपाने र थापाले कुनै समय सँगै राष्ट्रिय टीमका लागि समेत खेलेका थिए।

न्यौपानेले क्लब फुटबलमा मनाङसँगै एनआरटी र हिमालयन शेर्पाबाट पनि खेले। मनाङ २०५७, २०६०, २०६२ र २०७० मा लिग च्याम्पियन बन्दा उनी टोलीको सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell