PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​डाक्टर केसीको अनसनले जन्माएका सृजना



पहिलोपोस्ट

​डाक्टर केसीको अनसनले जन्माएका सृजना

काठमाडौं : डाक्टर गोविन्द केसीले विभिन्न माग राख्दै आमरण अनसन बसेको बुधबार ११ दिन भएको छ। डाक्टर केसी अनसनमा बस्दा उनैले पढाएका विद्यार्थीहरु भने उनको समर्थनमा विभिन्न किसिमका आन्दोलनमा छन्। उनीहरुले सरकारलाई विरोध गर्न नयाँ नयाँ शैली अपनाइरहेका छन्। आकर्षण नारा लेखिएका प्लेकार्डले त झनै सबैलाई तानेको छ।

घुस चाहि खान नलजाउने,
बोल्न चाहि डराउने।

डाक्टर केसीको अनसन।
माफियलाई टेन्सन।।

सरकारको घडीमा माफियाको ब्याट्री।।

अहिले त प्ले कार्डमात्र होइन केसीको समर्थनमा कविता समेत लेखिन थालिएको छ। आइओएम एमवीवीएसका ३६ औं व्याचमा अध्यानरत प्रकाश पाण्डेले लेखेको कविता अहिले निकै चर्चित छ।

हो केसी पागल

मैले एउटा पागललाई र डा. केसीलाई एउटै देख्या छु
र त म डा. केसी पागल हुन् भन्दै हिड्छु।
उनी लगातार १७ दिनसम्म मेरो लागि भोकै बस्न सक्छन्
म आफ्नै लागि पनि एक दिन भोकै बस्न सक्दिन
र त म डा. केसी पागल हुन् भन्दै हिड्छु।
उनी कामलाई पहिलो प्राथमिकता दिन्छन्
भ्याउँदा खान्छन्, बाच्नका लागि खान्छन्
म त खानको लागि बाच्छु, यही स्वार्थले गर्दा उनी
म भन्दा फरक छन्
र त म डा. केसी पागल हुन् भन्दै हिड्छु।
म हुम्ला, जुम्ला जान्छु, घुम्न र डुल्न मन लाग्दा
उनी पनि त्यही जान्छन्, ती विरामीले उपचार माग्दा
यही स्वार्थले गर्दा उनी मभन्दा फरकफरक छन्
र त म डा. केसी पागल हुन् भन्दै हिड्छु।।
 
त्यस्तै डाक्टर केसीको अनसनले जन्माएको अर्को कविता छ -

म डा. गोविन्द केसी

महाराज म डा. गोविन्द केसी
म हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
म हजुरको राज्यको भन्दा ठूलो भष्टाचारी
वा, म हजुरकोको राज्यको सवैभन्दा ठूलो टाउको दुखाई।
हे महाराज
मैले गरेकै हुँ अपराध


हजुरको गरिबी दर घटाउने मनशाय जानिन
उल्टै गरिबहरुलाई सिटामोल र जीवनजल बाडिदिए।
हजुरको कपाल दुख्दा हजुर त गौजानु भयो उडेर
म दौडिँदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कति घाउहरु निचोरे, निकाले पिप, रगतका धारा
र ढलिदिएँ हृदयको मलम घाउ घाउमा
कति मुलमुत्र छामेँ हातैले र बाढिदिएँ खुसीका औषधीहरु
कतिलाई आफ्नै  आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिए आँखाका आँशुहरु
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell