PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ओली सरकार ढाल्नेविरुद्ध एमालेका दुई संगठनको 'नाङ्गेझार' अभियान



पहिलोपोस्ट

ओली सरकार ढाल्नेविरुद्ध एमालेका दुई संगठनको 'नाङ्गेझार' अभियान

काठमाडौं : सत्ताधारी दल नेकपा एमालेको दुई जुझारु संगठनले प्रधानमन्त्री केपी शर्मा ओली सरकार गिराउनेलाई कडा निगरानी गर्दै नाङ्गेझार पार्ने अभियानको घोषणा गरेको छ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीलाई साहसिक निर्णय लिन समेत भनेको छ।

सरकार परिवर्तनका लागि भएका कदमलाई 'नाजायज' भएको बताउँदै दुई संगठनले त्यसलाई 'राष्ट्रघाती कदम र इतिहासको कालो धब्बा' भनेका हुन्।

मुलुकको आर्थिक विकास र समृद्धितर्फ केन्द्रित भइरहेको हाम्रो कार्यक्रम र अभियान सँगसँगै त्यसभन्दा अगाडि नेपालको राजनीतिक स्थिरता र विकास निर्माणका वाधक तत्वहरुको विरुद्ध निर्णायक संघर्ष गर्ने सोचनमा हामी पुगेका छौं,' संयुक्त वक्तव्यमा भनिएको छ, 'आजैका मितिदेखि नेपाल र नेपाली जनताको हित विपरित नेपालको स्थिरतालाई खल्बल्याउन अनेक किसिमका दाउपेच र षड्यन्त्र गर्ने देशीविदेशी जो सुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नाङ्गेझार पार्ने अभियानमा हामी अघि बढ्ने जानकारी गराउँछौं।'


युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियुका अध्यक्ष नविना लामाले वक्तव्यमा हस्ताक्षर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell