PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चाबहिल-साँखु र त्रिपुरेश्वर-थानकोट सडक विस्तारमा क्षतिपूर्ति दिन ८० करोड रकमान्तर



पहिलोपोस्ट

चाबहिल-साँखु र त्रिपुरेश्वर-थानकोट सडक विस्तारमा क्षतिपूर्ति दिन ८० करोड रकमान्तर

काठमाडौं : काठमाडौंका दुई सडक विस्तारमा भत्कने घरलाई क्षतिपूर्ति दिन सरकारले ८० करोड रुपैयाँ रकमान्तर गरेको छ। चाबहिल - जोरपाटी- साँखु र त्रिपुरेश्वर - कलंकी - थानकोट सडक विस्तारका लागि क्षतिपूर्ति उपलब्ध गराउन अर्थमन्त्रालयले रकमान्तर गरेको हो। भैपरि आउने विकास शीर्षकमा रकमान्तर भएको हो।

सहरी विकास मन्त्रालयका नाममा रकमान्तर गरिएको रकम प्रचलित कानुनअनुसार क्षतिपूर्ति पाउन योग्यहरुलाई वितरणका लागि उपलब्‍ध गराइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell