PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

होसियार ! रुघाखोकीको भाइरलबाट यसरी आफूलाई जोगाउनुस्



पहिलोपोस्ट

होसियार ! रुघाखोकीको भाइरलबाट यसरी आफूलाई जोगाउनुस्

वर्षायाम सुरु भएदेखि राजधानी लगायत देशभर रुघाखोकी तथा ज्वरोको संक्रमण बढेको छ। अहिले राजधानीका अधिकांश अस्पतालमा यस्ता विरामीको चाप बढी छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र टेकु अस्पतालमा आउने विरामी मध्ये ६० प्रतिशत भन्दा बढी विरामी रुघाखोकी र ज्वरोका कारण नै आउने गरेको डाक्टर बाबुराम मरासिनीले पहिलोपोष्टलाई जानकारी दिए। उनले भने, 'अहिले देशभर नै तापक्रमको उचारचढाव भएकाले यस्तो रोग बढेको हो।'

अहिले देखिएको संक्रमण भदौको मध्यसम्म रहने उनको भनाई छ। वर्षाका कारण खानेपानी दुषित हुने र तापक्रम नै संक्रमणको कारण रहेको उनले जानकारी दिए।

के के लक्षणहरु देखा पर्छन त ?

१ शरीर आलश्य हुने र कमजोर अनुभूति हुने
२ विस्तारै रुघाखोली लाग्ने, खान मन नलाग्ने
३ रुखाखोकीसँगै केही दिनमा शरीरमा तापक्रम बढेर जाने र ज्वरो आउने
५ ज्वरोको मात्र विस्तारै बढ्दै जाने 

बच्ने उपायहरु

१ पानीमा नभिझ्ने, पानी पर्दा रेनकोट, छाता प्रयोग गर्ने
२ दुषित पानी नखाने, पानी उमालेर मात्र पिउने
३ खाना खानुअघि र पछि हात राम्रोसँग धुने
४ बासी र झिंगा भन्केका खानेकुरा नखाने
५ भिडभाडमा हिड्दा माक्स प्रयोग गर्ने
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell