.jpg)
काठमाडौं : १३ औं संस्करणको पल्सर स्पोटर्स अवार्ड बिहीबार हुँदैछ। यस अवार्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई प्रदान गरिन्छ।
खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले उक्त अवार्डको आयोजना गर्दै आएको छ। यसअघि पपुलर प्लेअर अफ दि इअरको विधामा बाँडिदै आएको अवार्ड यो पटक पिपुल च्वाइस अवार्डमा परिणत भएको हो। यसमा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन्। तर अन्य खेलाडी भन्दा भलिबलकी प्रतीभा मालीको चर्चा बढी भइरहेको छ। उनलाई जिताउन देश विदेशबाट सहयोग जुटिरहेको छ।
१६ वर्षको उमेरमै उत्कृष्ट प्रदर्शन गर्दै चर्चा कमाउन सफल भलिबल खेलाडी प्रतीभा मालीलाई जिताउन विदेशमा बस्ने खेलाडी तथा शुभचिन्तक, नेपाल भलिबल संघ, भलिबल प्रेमीले अहिलेसम्म गरेको सहयोग रकम नगद ४ लाख ५० हजार नागिसकेको छ।
अमेरिकामा बसोबास गर्ने भलिबलका राष्ट्रिय खेलाडीद्वय राम श्रेष्ठ र रमिला तण्डुकारको पहलमा रोमन श्रेष्ठ, कैलाश भट्ट लगायतले अमेरिकाबाट १ लाख ४० हजार ५ सय ५५ नगद पढाएका छन्। त्यस्तै अष्ट्रेलियाबाट भलिबलका राष्ट्रिय खेलाडी खेम पुर्जा, सञ्जु पुर्जा, मुक्तिलगायतले नगद ५६ हजार एसएमएस सहयोगका लागि पठाएका छन्। दुवैमा बस्दै आएका दुर्गालाल कँडेलबाट पनि नगद १० हजार सहयोग प्राप्त भएको छ।
नेपाली महिला भलिबलकी टिमकी उप–कप्तान मञ्जु गुरुङले प्रतीभा मालीलाई सहयोग रकम नगद २ लाख ६ हजार ५ सय ५५ बुधबार हस्तान्तरण गरेकी छिन्। सो अवसरमा गुरुङले शुभकामना दिँदै भनिन्, हामी भलिबल खेलाडी हौं, भलिबल प्रति सहनुभुति जानु स्वभाविक हो। पल्सर स्पोर्टस अवार्डको मनोनयनमा पर्नु नै जित हो, त्यसैले पल्सर स्पोर्टस अवार्डमा खेलाडी, प्रशिक्षक र खेलकर्मी कसैले हार्ने छैनन्।
सहयोग रकम ग्रहण गदै मालीले भनिन्, 'सहयोग जुटाउने सम्पूर्ण संघ–संस्था तथा व्यक्तिहरु प्रति आभार ब्यक्त गर्दछु।'
न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल प्रतीभा मालीका गुरु कुमार राईले प्रतीभालाई जिताउन भलिबल प्रेमीबाट ४ लाख ५० हजार माथिको रकम प्राप्त भइसकेको जानकारी गराए। अहिलेसम्म पश्चिमाञ्चल भलिबल संघबाट ४१ हजार, स्याङजाबाट २२ हजार, लक्षण श्रेष्ठ, राजु गिरी, नारायण शर्माबाट २० हजार सहयोग प्राप्त भइसकेको छ।
त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माबाट १३ हजार, उपाध्यक्ष निरोज मास्केबाट ६ हजार, पुर्व अध्यक्ष दानवहादुर तामाङबाट १० हजार, ढोरपाटन स्पोर्टस् क्लबबाट १६ हजार, नवआदर्श सामुदायिक युवा समाजबाट १३ हजार नगद प्राप्त भइसकेको छ। काठमाडौं जिल्ला खेलकुद विकास समितिबाट १० हजार, एचएनएसीका अध्यक्ष बासु श्रेष्ठबाट १० हजार, न्यु डायमण्ड एकेडेमीबाट १० हजार, लक्ष्मण श्रेष्ठबाट ६ हजार ६ सय, नासा कलेज, जनप्रेमी उमाबी, हङकङका शंकर गुरुङ र गंगा भण्डारीबाट नगद ५–५ हजार सहयोग भएको छ। राईले भन्छन्, 'हामीलाई ४ हजार देखि ५ सय सम्म सहयोग गर्ने महानुभव पनि थुप्रै हुनुहुन्छ।'
पिपुल्स च्वाइसको मनोनयनमा भलिबलकी प्रतीभा मालीसँगै फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन्। पिपुल्स च्वाइसको अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा छनोट गरिनेछ। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने १३ औं संस्करणको स्पोर्ट्स भोलि कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ।