
यशराज फिल्मले बक्स अफिसमा सबैभन्दा धेरै कमाउने आफ्नो सूचीलाई थप बलियो बनाउँदैछ। बक्स अफिस कलेक्सनमा आमिर खानको धुम ३ ले रेकर्ड बनाएको थियो। धुम ३ ले २ सय ८४ करोड रुपैयाँ कलेक्सनल गरेको छ। त्यसलाई सलमानको सुल्तानले पछ्याउनेक्रम जारी छ। अहिलेसम्म सुल्तानले २ सय ७१ करोड कलेक्सन गरिसकेको छ।
अलि अब्बास जाफिरको निर्देशनमा बनेको सुल्तान अझै सिनेमा हलमा चलिरहेको छ र आउँदो शनिबार या आइतबार सम्म यसले धुम ३ लाई उछिन्नेगरी कमाउनेछ।