PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

अविश्वास प्रस्तावअघि बजेटका विधेयक अगाडि नबढे एमालेले संसद अवरुद्ध गर्ने



पहिलोपोस्ट

अविश्वास प्रस्तावअघि बजेटका विधेयक अगाडि नबढे एमालेले संसद अवरुद्ध गर्ने

काठमाडौँ : नेकपा एमालेले संसदको भोलिको बैठकमा बजेटका आश्रित विधेयकहरु अगाडि नबढाए संसद अवरोध गर्ने भएको छ।
 
२९ गतेको कार्यसूचीमा रहेको विषय सरकारलाई कुनै जानकारी बिना हटाइएको छ। ‘त्यो कार्यसूची नआए हामी सदनमा शालिनता पूर्वक उभिन्छौँ’, एमाले सचेतक गोकूल घर्तीले पहिलोपोस्टसित भने।

एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक अवस्थाबारे र सुवास नेम्वाङले संवैधानिक र नियमावलीका प्रावधानबारे सांसदहरुलाई जानकारी गराएका थिए।

‘अविश्वासको प्रस्ताव भन्दा पहिला २९ गतेको कार्यसूची आउनुपर्‍यो नभए हामीले विरोध गर्छौँ’, सांसद प्रेम आलेले बैठकको निर्णयबारे भने।
एमाले सांसद राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले लजिकल हिसाबले हुने सहमतिको पक्षमा रहेको बताएका थिए।

‘मुलुकलाइ तनावमा नलैजाउँ भन्ने पक्षमा छौँ भन्नुभयो’, भट्टराईले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने, ‘संविधानसम्मत ढंगले अगाडि बढ्न तलमाथि हुँदैन। अरु पनि संविधानसम्मत हिसाबले अगाडि बढुन्। लोकतान्त्रिक मुल्य मान्यता भन्दा तल माथि नजाउन्।‘

बैठकमा ओलीले दलहरुबीच सहमति भए आफू अझै पनि राजीनामा दिन तयार रहेको तर सहमति नभए अविश्वासको प्रस्ताव फेस गरेर जाने बताएका थिए।

उनले नयाँ सरकार गठनका विषयमा संवैधानिक प्रश्नहरु रहेको भन्दै ती निरुपण नभए अप्ठेरो अवस्था उत्पन्न हुने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell