PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​अविश्वासको प्रस्ताव र आश्रित विधेयक दुवैलाई कार्यसूचीमा एकसाथ समेट्न देउवा र प्रचण्ड तयार



रमेश वाग्ले

​अविश्वासको प्रस्ताव र आश्रित विधेयक दुवैलाई कार्यसूचीमा एकसाथ समेट्न देउवा र प्रचण्ड तयार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुवैलाई एकसाथ अगाडि बढाउन सहमत भएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई नेताको बैठकले दुवै विषयलाई कार्यसूची समेट्ने निर्णय गरेको हो।

झण्डै एक घण्टा लामो बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २९ गतेको कार्यसूचीमा रहेको विषय कार्यसूचीमा राख्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको बताए।

तर अविश्वासको प्रस्तावलाई पहिलो छलफलको विषय बनाउनुपर्ने दुवै नेताहरुले अडान राखेका छन्। बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९ गतेकै बैठकको सेरोफेरोमा छलफल भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell