PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

म्याराडोना भन्छन् : म अर्जेन्टिनाको लागि निशुल्क प्रशिक्षक बन्न तयार छु



पहिलोपोस्ट

 म्याराडोना भन्छन् : म अर्जेन्टिनाको लागि निशुल्क प्रशिक्षक बन्न तयार छु

अर्जेन्टाइन लेजेण्ड फुटबल खेलाडी तथा पुर्व प्रशिक्षक समेत रहेका डिएगो अर्माण्डो म्याराडोनाले आफू फेरि अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा फर्कन आतुर रहेको बताएका छन्। साथै म्याराडोनाले बिना पारिश्रमिक नै काम गर्ने उल्लेख गरेका छन्।

'म बिना पारिश्रमिक राष्ट्रिय टीमको प्रशिक्षण गर्नेछु। धेरै मानिसले मलाई मँहगो प्रशिक्षकको रुपमा हेरेका छन्। बट ह्वाट अबाउट माउरिन्हो? एन्सेलोट्टी अर सिमोनी ? मलाई थाहा छैन म यी प्रशिक्षकहरुको तुलनामा कती मँहगो छु,' सन् १९८६ को विश्वकप विजेता म्याराडोनाले भने।

'म धेरै भन्दा धेरै प्रशिक्षण छुटाउँदै छु। खेलाडीहरुसँग काम गर्न र पत्रकारहरुसँग झगडा गर्न छुटाउँदै छु,' उनले भने।

५५ वर्षीय म्याराडोनाले यसअघि सन् २००८ देखि २०१० सम्म पहिलो पटक अर्जेन्टाइन टोलीको प्रशिक्षण सम्हालेका थिए। सन् २०१० को विश्वकप क्वाटरफाइनलमा जर्मनीसँग ४–० ले हारेपछि म्याराडोनाले आफ्नो पदबाट राजिनामा दिएका थिए।

प्रशिक्षक जेरार्ड मार्टिनोले कोपा अमेरिकोको फाइनलमा चिलीसँग पराजित भएपछि अर्जेन्टिनी प्रशिक्षक पदबाट राजिनामा दिएका थिए। त्यसयता अर्जेन्टिनी फुटबल संघ नयाँ प्रशिक्षकको खोजीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell