PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​अविश्वासको प्रस्तावको पक्षमा दृढताका साथ लाग्ने कांग्रेसको निर्णय



पहिलोपोस्ट

​अविश्वासको प्रस्तावको पक्षमा दृढताका साथ लाग्ने कांग्रेसको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय कार्यसमितिको बैठकले अविश्वासको प्रस्तावमा दृढताका साथ लाग्ने निर्णय गरेको छ।
 
संसदीय दलको कार्यालयमा बसेको बैठकले माओवादी केन्द्रको प्रस्ताव र कांग्रेस सहित मधेस केन्द्रित १३ दलको समर्थन रहेको प्रस्तावको पक्षमा लाग्न सांसदहरुलाई निर्देशन समेत दिएको छ।

त्यस्तै कांग्रेसले संविधानको धारा २९८ र संसदको कार्यसञ्चालन नियमावलीको दफा ४९ को १४ अनुसार सरकार परिवर्तन हुने कुरामा कुनै दुविधा नपाल्न सबैलाई आग्रह गरेको छ।
 
बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले बहुमत गुमाइसकेको अवस्थामा धमाधम नियुक्ती बर्खास्तीको काम गरेको प्रति आपत्ति प्रकट गरेको छ।
 
त्यस्तै चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गरी उनको अनशन तोडाएर जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गारउने निर्णय गरेको छ।

कांग्रेसले बाढी पीडित र भूकम्प पीडितलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ। 

फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell