PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

शाहरुख र आलियाको जोडीले मच्चाउला त धमाका?



पहिलोपोस्ट

शाहरुख र आलियाको जोडीले मच्चाउला त धमाका?

फरक धारमा इङ्लिस भिङ्लिस फिल्म बनाएर ह्वात्तै चर्चा बटुल्न सफल गौरी सिन्धे आगामी फिल्मका कारण चर्चामा छिन्। सुपरस्टार शाहरुख खान र आलिया भट्टलाई एकै फिल्ममा लिने उनको घोषणाले निक्कै चर्चा पाएको हो। डियर जिन्दगीमा उनले यी दुई कलाकारलाई एकैसाथ पस्किने छिन्।

फरक धार देखाउने उनको शैलीले यहाँ अप्रत्यासित रुपमा शाहरुख र आलियालाई जोडेको छ। हालै यो जोडीको एउटा फोटो सार्वजनिक भएको छ जसमा शाहरुखले आलियालाई सिकाइरहेको अनुमान गर्न सकिन्छ।

डियर जिन्दगी एउटा युवतीको कथा हो जो धेरै युवाहरुसँगको डेटबाट प्रभावित छे। यी दुई कलाकारका अलावा आदित्य रोय कपुर, अलि जफर, अंगद वेदी, कुनाल कपुर पनि फिल्ममा रहनेछन्।

होप प्रोडक्सन र धर्मा प्रोडक्सनले रेड चिल्लीसँग मिलेर डियर जिन्दगी बनाइरहेको छ जुन नोभेम्बर २५ मा रिलिज हुने अपेक्षा गरिएको छ। के फिल्म सफल होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell