PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

अविश्वासको प्रस्ताव कि अर्थ विधेयक? सहमति खोज्न सभामुख र प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु



पहिलोपोस्ट

अविश्वासको प्रस्ताव कि अर्थ विधेयक? सहमति खोज्न सभामुख र प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ : सत्तारुढ दल बजेट आश्रित विधेयकहरु पहिला पास गर्नुपर्ने र कांग्रेस तथा माओवादी पहिला अविश्वासको प्रस्तावमा छलफल गर्ने अडानमा रहेपछि अन्यौलमा परेको आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकका लागि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। 

बिहान १० बजे सिंहदबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री केपी ओली, एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ प्रवेश गरेका थिए।

संसद बैठक बिहान ११ बजेका लागि डाकिएको छ।  

एमालेले बजेट आश्रित विधेयक पेश नगरिए संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। हिजोको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुवै पक्षमा आ-आफ्नै अडानमा रहेपछि सभामुख ओनसरी घर्तीले आज बिहान शीर्ष नेताहरुसँग छलफल गरी डिसिजन लिने बताएकी थिइन्। 

सम्बन्धित समाचार
​हामी संसद् अवरोध गर्छौँ : एमाले, सत्तापक्षले हाउस अवरोध गरेको तमासा हेर्छौँ : कांग्रेस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell