PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

क्यामरुन बन्न केपीलाई देउवाको सुझाव



पहिलोपोस्ट

क्यामरुन बन्न केपीलाई देउवाको सुझाव

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको बाटो पछ्याउन सुझाव दिएका छन्। 

सत्ताको नेतृत्व गरिरहेको दल एमालेले नै आजको संसद बैठकमा अर्थ विधेयक पारित नगरिए अविश्वासको प्रस्ताव राख्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि समाधान खोज्न सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको प्रमुख तीन दलको बैठकमा देउवाले प्रधानमन्त्री ओलीलाई क्यामरुन बन्न सुझाव दिएका हुन्। 

सभामुख र शीर्ष नेताको बैठक बसिरहँदा फोटो खिच्न गएका फोटो पत्रकारहरुकै अगाडि देउवाले ओलीलाई यस्तो सुझाव दिएका हुन्। 
 
बेलायत इयुबाट बाहिरिन नहुने विचार राख्दै आएका क्यामरुनले जनमत संग्रहमा आफ्नो विचार पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell