PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बिहानै स्कुल बसमा आगजनी, जलाउने र तोडफोड गर्ने पक्राउ



सविन ढकाल

बिहानै स्कुल बसमा आगजनी, जलाउने र तोडफोड गर्ने पक्राउ

काठमाडौं : आज बिहानै स्कुल बस जलाउने र तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेले आफूहरु माओवादी केन्द्रबाट छुट्टिएको समूह भएको बताएका छन्।

त्यस्तै उनीहरुले आफूलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रको कार्यकर्ता समेत बताएका छन्। उनीहरुले आज बिहान काठमाडौं आइडिएल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बस स्वयम्भूमा आगजनी गरेका थिए। विद्यार्थीलाई बसबाट ओरालेर पेट्रोल छर्केर आगो लगाएका थिए। त्यस्तै उनीहरुले राइ स्कुलको बस पनि तोडफोड गरेका छन्।

अखिल केन्द्रका अध्यक्ष रमेश मल्लले आफ्ना कुनै पनि कार्यकर्ता आगजनीमा सामेल नभएको बताएका छन्। आफूहरुको कुनै पनि बन्द विरोधको कार्यक्रम नरहेको समेत उनले जानकारी दिए।

'निर्माण' को अध्यक्षतामा गठन भएको भूमिगत संगठनले यो घटना घटाएको भन्ने जानकारी पाएको मल्लले बताए। मल्लका अनुसार हिजो मात्र यो संगठन गठन भएको हो। उनीहरुले केही दिन अघि नै स्कुल सञ्चालकलाई सम्पर्क गरेर आगजनी गर्ने धम्की समेत दिएका थिए।
फोटो : प्रशान्त प्रधान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell