PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

शीर्ष नेताको बैठकमा सहमति जुटेन, १ बजे पुनः बस्ने, संसद बैठक ११ बजेबाट २ बजे सारियो,



मनोज सत्याल

शीर्ष नेताको बैठकमा सहमति जुटेन, १ बजे पुनः बस्ने, संसद बैठक ११ बजेबाट २ बजे सारियो,

काठमाडौँ : सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताबीच सि‌हदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा सहमति नजुटेपछि बिहान ११ बजेबाट बस्ने भनिएको संसदको बैठक दिउँसो २ बजेका लागि सारिएको छ।


संसदमा सूचना टाँस गरेर बैठक सारिएको जानकारी दिने तयारी भएको सभामुखका सल्लाहकार बबिन शर्माले सञ्चारकर्मीहरुलाई जानकारी दिए। 

त्यसअघि नयाँ बानेश्वरमा दिउँसो १ बजे पुनः शीर्ष नेताबीच बैठक बस्ने तय भएको छ। सहमति नजुटेपछि पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङ बैठक स्थल छाडेर बाहिरिए पनि कांग्रेस र माओवादीका नेता भने छलफल मै छन्। 

एमालेले पहिला आर्थिक विधेयक पास नगरिए अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक अन्यौलमा परेको हो। 

आजदेखि तीन दिनसम्म अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची प्रकाशित भएको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell