PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

कांग्रेसका संस्थापक नेता बिपीको स्मरणमा वृक्षरोपण



पहिलोपोस्ट

काठमाडौँ : नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३४औँ स्मृति दिवसका सन्दर्भमा आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा वृक्षरोपण गरिएको छ। 
 
प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वृक्षरोपण गर्दै मुलुकमा १८ महिनाभित्र अहिलेको संविधान लागू गर्न सकिएन भने देश संविधानविहीन हुने र प्राप्त भएका उपलब्धि गुम्ने खतरा रहेको बताए। नेता श्रेष्ठले राष्ट्रमा अस्थिरता र अन्योलता छाएको अहिलेको समयमा बिपीजस्ता आदर्श नेताको खाँचो औँल्याए।
 
वन विज्ञान अध्ययन संस्थानका डिन प्रा डा चिरञ्जीवी उपाध्यायले बाढी पहिरो तथा भूक्षय नियन्त्रणका लागि वन जङ्गलको महत्वपूर्ण भूमिका रहने बताउँदै रुख रोप्ने, वनको संरक्षणका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए।  
 
वन प्राविधिक सङ्घका अध्यक्ष शेखर यादव, सामुदायिक वन महासङ्घका उपाध्यक्ष भीम खड्काले पहाडमा पहिरो रोकथाम गर्न, वर्षा गराउन तथा हरियाली वृद्धि गर्न वनको महत्व रहेको विचार व्यक्त गर्दै गाउँ घरमा रुख रोपेर व्यावसायिक रुपमा त्यसलाई सदुपयोग गर्न सकेमा स्थानीयवासीले समेत आर्थिक लाभ प्राप्त गर्न सक्ने बताए।
 
प्रजातान्त्रिक वन प्राविधिक सङ्घका अध्यक्ष दामोदर शर्माले बिपी दक्षिण एसियाकै सङ्घर्षशील नेता तथा नेपाली राजनीतिका आदर्श व्यक्तित्वका रुपमा सधैँ लोकप्रिय रहने धारणा राख्दै उनको सम्मानमा आज वृक्षरोपण गरिएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell