
काठमाडौं : नेपाली खेल जतगको प्रतिष्ठित पल्सर स्पोटर्स अवार्डको १३ औं संस्करण आज हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्दै आएको पल्सर स्पोटर्स अवार्ड २०७२ कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेदेखि हुनेछ। विगतमा जस्तै यसपटक पनि कुल ८ विधामा अवार्ड प्रदान गरिँदैछ।
एनएसजेएफले ८ मध्ये ५ विधामा यसअघि नै उत्कृष्ट पाँचमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ। जस अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपुल च्वाइस अवार्ड रहेका छन्। पपुलर प्लेअर अफ दि इअरलाई परिवर्तन गर्दै यसपटक देखि पिपुल च्वाइस अवार्ड नामकरण गरिएको हो। एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा पिपुल च्वाइस अवार्डको विजेता घोषणा गरिनेछ।
इस बाहेक लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशल अवार्ड अवार्ड समारोहमै घोषणा गरिनेछ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल च्वाइसको अवार्ड विजेताले एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजार विभिन्न उपहारहरु प्राप्त गर्नेछन्।
वि स २०५३ बाट प्रदान गर्न सुरु गरिएको स्पोटर्स अवार्ड महाभूकम्प र अघोषित नाकाबन्दीको कारण गत वर्ष आयोजना हुन सकेन।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ भने रुस्लान फुटबल, डिस होम, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिंगी सह प्रयोजक छन्। पल्सर स्पोटर्स अवार्डको एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पल्सर स्पोर्ट्स अवार्ड २०७२ को पाँच विधाको मनोनयन यसप्रकार छ -
वर्षका उत्कृष्ट पुरुष खेलाडी
नवयुग श्रेष्ठ, फुटबलविकास थापा, भारोत्तोलन
राजेश चौधरी, उसु
वीरबहादुर महरा, तेक्वान्दो
विकेश कुथु, फुटबल
वर्षका उत्कृष्ट महिला खेलाडी
फुपू ल्हामु खत्री, जुडोनीमा घर्तीमगर, उसु
गौरिका सिंह, पौडी
रोजा केसी, ट्रायथलन
रेजिना कार्की, तेक्वान्दो
वर्षका उत्कृष्ट युवा खेलाडी
निमा घर्तीमगर, उसुगौरिका सिंह, पौडी
सन्दीप लामिछाने, क्रिकेट
मनीता श्रेष्ठ प्रधान, जुडो
अन्जन विष्ट, फुटबल
वर्षका उत्कृष्ट प्रशिक्षक
बालगोपाल महर्जन, फुटबलप्रकाश महर्जन, उसु
दलबहादुर गुरुङ, जुडो
राजुकाजी शाक्य, फुटबल
जगत टमाटा, क्रिकेट
पिपुल्स च्वाइस अवार्ड
नवयुग श्रेष्ठ, फुटबलनविता श्रेष्ठ, टेबलटेनिस
प्रतीभा माली, भलिबल
सन्दीप लामिछाने, क्रिकेट
तारादेवी पुन, भारोत्तोलन