PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

​मच्छिन्द्रनाथको रथ साउन ११ देखि तानिने



पहिलोपोस्ट

ललितपुर : वर्षा र सहकालका देवताका रुपमा मानिएको रातो मच्छिन्द्रनाथको रथलाई साउन ११ गतेदेखि तानिने भएको छ।
 
लगनखेलको थटिटोलमा अवस्थित रथलाई सो स्थानबाट तानेर सोही दिन कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याउने कार्यक्रम रहेको गुठी संस्थानका निमित्त प्रमुख वैकुण्ठ आचार्यले बताए। उक्त रथ जावलाखेल पुर्‍याइएको चौथो दिन हिरामोती जडित बहुमूल्य प्रशिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ।
 
राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा मनाइँदै आएको छ। मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट सुरु भएर गाःवाहाल, मङ्गलबजार, पाटन सुन्धारा, मिखावहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याएर भोटो देखाउने जात्रा सम्पन्न गरिने चलन रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell