
इंग्लिस क्लब म्यानचेष्टर सिटीको प्रशिक्षक सम्हालेको पहिलो खेलमै पेप ग्वार्डिओला आफ्नै पूर्व क्लब वायर्न म्युनिखसँग हारेका छन्। प्रि सिजनको खेलमा सिटी जर्मन क्लब वायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई जिताउन एर्दाल ओजटकले निर्णायक गोल गरेका थिए। युरोकप र कोपा अमेरिकाका कारण महत्वपूर्ण खेलाडीको अनुपस्थिति रहेको खेलमा युवा खेलाडीहरुको बाहुल्यता रहेको थियो।
यस्तै खेलका क्रममा वायर्न म्युनिखका फ्रेन्च खेलाडी फ्रान्क रिवेरीको जर्सी च्यातिएको थियो। खेल सुरु भएको १३ मिनेटपछि नै रिवेरीले लगाएको एडिडास ब्राण्डको जर्सीको पछाडीको भाग च्यातिएको हो।
यसअघि फ्रान्समा भएको युरोकप २०१६ मा स्विट्जरल्याण्डका चार खेलाडीको जर्सी च्यातिएपछि पुमा ब्राण्डको निकै आलोचना भएको थियो।