PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

अनशनको १२औं दिनमा डाक्टर गोविन्द केसी पक्षधर र सरकारी पक्षबीच वार्ता



पहिलोपोस्ट

अनशनको १२औं दिनमा डाक्टर गोविन्द केसी पक्षधर र सरकारी पक्षबीच वार्ता

काठमाडौं : १२ औ दिनमा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको मागलाई लिएर सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। अहिले केसीको मागको विषयमा स्वास्थ्य मन्त्रालयमा पहिलो पटक औपचारिक वार्ता हुँदैछ।

सरकारको तर्फबाट डा. स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेति, शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीसहितको वार्ता टोली गठन भएको हो। केसीको तर्फबाट भने चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झा सहित ६ जना वार्ता टोलीमा छन्। केसीका तर्फबाट चिकित्साशास्त्र अध्यारत विद्यार्थी निर्जन महर्जन, स्नेहाबन्द रेग्मी, डाक्टर जीवन क्षेत्री, डाक्टर सुमन आचार्य लगायत छन्।

आज दिउँसो केसीको स्वास्थ्य बुझ्न अनशनस्थल पुगेका मन्त्रालयका सचिवले बार्तामा आह्वान गरेपछि केसी पक्षधर वार्ताको लागि तयार भएको डाक्टर सचित शर्माले पहिलोपोस्टलाई जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell