PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश

काठमाडौं : नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ। सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले यसअघि सातौं राष्ट्रियअन्तर्गत शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए।

सातौं राष्ट्रियमा ३५ खेल हुने भनिएकोमा सातौं अन्तर्गत उक्त ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो। सातौंको एथलेटिक्सअन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

त्यस्तै बैठकले खेलाडी दर्ता साउन २५ देखि भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेलाई ताकेको छ।

गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौं राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो। 
बजेटको समस्य र मधेश आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भएपनि सातौं राष्ट्रिय स्थगित भएको थियो। २०७२ सालमा सातौं राष्ट्रिय पहिलो पटक मंसिर ११ देखि १८ तथा दोश्रो पटक फागुन १८ देखि २३ गते हुने भनिएको थियो।

फोटो :राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell