काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनमा केही दिनदेखि परेको अविरल वर्षाले पुर्याएको धनजनको क्षतिले आफूलाई दु:खी बनाएको बताएका छन्।
प्राकृतिक विपतमा प्रभावितहरुको उद्धार र राहत वितरणमा चिनियाँ सरकारले गरेको प्रयास सह्रानीय रहेको भन्दै उनले व्यक्तिगत र पार्टीको तर्फबाट चिनियाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गरेका हुन्।
बाढीमा परी निधन भएका र शोकाकुलप्रति समवेदना प्रकट गरेका छन्।