PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

हेर्नुस् लगातारको झरीले जलमग्न नेपालगञ्ज

हेर्नुस् लगातारको झरीले जलमग्न नेपालगञ्ज

पहिलोपोस्ट /पहिलोपोस्ट


  • कृष्ण ओली-
नेपालगञ्ज : हिजो रातिदेखि परिरहेको अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न भागहरु डुवानमा परेका छन्। नेपालगञ्ज - सुर्खेत रोडका अधिकांश घर, कार्यालय, बैंक, बित्तीय संस्था, पसल, निजी फर्म डुबानमा परेका छन्।

लगातार परेको वर्षाका कारण नेपालगञ्जका तीन सय बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। नेपालगन्ज उप–महानगरपालिकामा विभिन्न स्थानमा निकास थुनिँदा नगर क्षेत्र जलमग्न भएको हो। नगर डुवानमा पर्न थालेसँगै उपमहानगरपालिकाले डोजर चलाएर नाला खुलाउन सुरु गरेको छ।

नेपालगञ्ज उप–महानगरपालिका–१६ बेलासपुर, १३ को सिद्धार्थ टोल, ३ को घरवारी टोल, को ५ गणेशपुर, २४ को कारकाँदो, सुर्खेतरोड, १२ को शान्तिनगर, भृकुटीनगर लगायतका घरहरु डुबानमा परेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

घरमा पानी पसे पनि कुनै मानवीय र आर्थिक क्षति भने नभएको एसपी राईले बताए। डुवानमा परेका क्षेत्रमा उद्वारका लागि सशस्त्र र नेपाली प्रहरी खटिएका छन्।

उता राप्तीपारी फत्तेपुर १ खल्लाझगडियामा राप्ती नदीले निरन्तर कटान गरिरहँदा स्थानीय त्रासमा छन्। पानीको सतह धेरै नभए पनि सो क्षेत्रमा नदीले कटान गरिरहेकाले स्थानीय त्रसित बनेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell