
नयाँ दिल्ली : भारतीय बायु सेनाको विमान २९ जनासहित वंगालको खाडीमाथिबाट सम्पर्कविहीन भएको छ। आँधीका कारण विमान सम्पर्कविहीन हुन पुगेको समाचारमा जनाइएको छ।
भारतीय वायु सेनाको एएन-३२ विमान चेन्नईको तम्बरामबाट उडेको थियो। पोर्ट ब्लेरका लागि उडेको विमान बिहान ८:४५ बजेबाट राडरको कनेक्सन बाहिर पुगेको थियो। पोर्ट ब्लेरमा ११:३० मा विमान अवतरण हुनुपर्ने थियो।
भारतको जल सेना र वायु सेनाले संयुक्त रुपमा उद्दार अपरेसन सुरु गरेका छन्। २९ मध्ये विमानमा ६ चालक दलका सदस्य छन्।
फाइल फोटो : भारतीय वायु सेना