PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

नेविसंघका नेता कुन्दन काफ्लेको अनशन बस्ने चेतावनी



पहिलोपोस्ट

नेविसंघका नेता कुन्दन काफ्लेको अनशन बस्ने चेतावनी

काठमाडौ‌ं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गर्दै पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूहले आन्दोलन घोषणा गरेको छ।
 
महाधिवेशनको मिति नजिकिँदै जाँदा अपारदर्शी ढंगबाट प्रतिनिधि चयन गरिएको तथा गैरविद्यार्थीहरुलाई प्राथमिकता दिएको भन्दै ‘विधिवत महाधिवेशन पक्षधर विद्यार्थी अभियान’ सुरु गरिएको हो। विद्यार्थीहरुले २४ घण्टाभित्र प्रतिनिधि छनोट विवाद नसुल्झाए पार्टी कार्यांलय सानेपामा अनशन बस्ने चेतावनी दिएका छन्।
 
आज आयोजित पत्रकार सम्मेलनमा नेविसंघका पूर्व कोषाध्यक्ष एवं आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुन्दनराज काफ्लेले पार्टीभित्र आन्तरिक लोकतन्त्रको चीरहरण भएकाले संघर्षमा उत्रन परेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell