PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

युरेनियम भेटिएको प्रचार गरेको तीन सातापछि बल्ल सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय



पहिलोपोस्ट

काठमाडौँ :  उपल्लो मुस्ताङको लोमान्थाङमा उच्च गुणस्तरको युरेनियम भेटिएको प्रचार गरेको तीन सातापछि बल्ल सरकारले सेनालाई सो क्षेत्रको सुरक्षा दिने निर्णय गरेको छ।

परमाणु हतियार बनाउनसमेत प्रयोग हुने युरेनियम जस्तो संवेदनशील वस्तुको खानी फेला परेको विषयलाई प्रचार गरेको भन्दै विज्ञहरुले आलोचना गरेका थिए।   
 
सरकारी टोलीले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको दाबी असार १६ गते गरेको थियो।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले 'युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको' दावी गरेका थिए।

भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell