PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दुई बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन, शीर्ष नेताको बैठकमा प्रम ओली अनुपस्थित



पहिलोपोस्ट

दुई बजे बोलाइएको संसद बैठक अझै बस्न सकेन, शीर्ष नेताको बैठकमा प्रम ओली अनुपस्थित

काठमाडौँ : दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठक ३ बजे यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन। संसद बैठक अघि डाकिएको प्रमुख दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी ओली अझै उपस्थित भएका छैनन्। 

शीर्ष नेताको बैठकमा एमालेको तर्फबाट संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ उपस्थित छन्। 

हिजो बसेको शीर्ष नेताको बैठक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको चार बुँदे प्याकेजमा विचार गर्न सकिने भन्दै टुङ्गिए पनि आज बिहान नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ। 

पौडेललाई नै अगाडि राखेर संयुक्त बैठकले उनको प्याकेज प्रस्ताव अस्वीकार गर्दै अविश्वासको प्रस्तावलाई १ नम्बरको कार्यसूचीमा राखी संसद अघि बढाउने निर्णय गरेको हो। 

बैठक डाकिएको दुई घण्टासम्म पनि सुरु नभए मात्र सूचना दिनुपर्ने व्यवस्थापिका संसदको नियमावलीमा भएको कारण दिउँसो ४ बजे आसपास बल्ल संसद बैठक आजै केही समयका लागि स्थगित हुने कि भोलिसम्मका लागि स्थगित हुने भन्ने प्रष्ट हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell