PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीलाई पछ्याउँदै मोदीले भने - घरघरमा पाइपबाट ग्यास!



पहिलोपोस्ट

ओलीलाई पछ्याउँदै मोदीले भने - घरघरमा पाइपबाट ग्यास!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चरम ग्यास अभाव भोगिरहँदा हसाउँदै भनेका थिए- अब ग्यास काँधमा बोक्नु पर्दैन। घर घरमा पाइपबाट ग्यास पुर्‍याइनेछ। धारो खोलेजस्तै गरी ग्यास बाल्न पाउनेछन्।

ओलीले ग्यासबारे बताउँदा धेरैले उनलाई उडाए। सामाजिक सञ्जालमा उनको अभिव्यक्ति व्यङ्ग्यको विषय बन्यो। किनकि त्यतिखेर भारतले लगाएको नाकाबन्दीले ग्यासको चरम अभाव थियो।

अहिले ग्यासको अभाव छैन। त्यसैले घर-घरमा पाइप पुर्‍याउने ओलीको योजनाबारे कसैले सोधेका छैनन्। न त उनले नै यसबारे कुनै पहल थालेका छन्। तर रमाइलो बनेको यो प्रकरण नेपालमा सेलाइरहँदा नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेश गोरखपुरमा पनि पाइपलाइनकै चर्चा चल्यो।

गोरखपुरमा मल उद्योग उद्घाटन गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली स्टाइल पछ्याउँदै पाइपबाटै ग्यास घर घरमा पुर्‍याउने भाषण दिए।

हल्दिया-जगदीशपुरबाट यहाँ स्थापना भएको मल उद्योगमा ग्यास उपलब्ध गराइँदैछ। त्यो ग्यास उद्योगका लागि मात्र नभइ गोरखपुरका घरघरमा समेत उपलब्ध गराउने मोदीले बताएका हुन्। उनले हिड्ने नभइ दौडिने सरकार आवश्यक भएको बताउँदै पानी झै पाइपबाट ग्यास घरघरमा जोडिने बताएका हुन्।

मोदीले ग्यास घरघरमा जोडिने बताउँदा यता नेपालमा जस्तो कुनै जोक्सहरु भने बनेनन्। किनकि पाइपलाइनबाट गोरखपुरको स्थापित मल कारखानामा ग्यास पठाउनेक्रम सुरु भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell