PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

आफ्नो 'असफल' प्रस्तावबारे रामचन्द्रले भने : म त अडिएँ तर दुवै पक्ष अडिएनन्



रमेश वाग्ले

आफ्नो 'असफल' प्रस्तावबारे रामचन्द्रले भने : म त अडिएँ तर दुवै पक्ष अडिएनन्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो प्रस्तावमा दुवै पक्ष अड्न नसकेपछि प्रस्ताव असफल भएको बताएका छन्।

सभामुखको नेतृत्वमा भएको सहमतिको प्रयासमा सरकारले ल्याएका बजेटका पुरक विधेयकहरु पहिलो र अविश्वास प्रस्ताव दोस्रो नम्बरको कार्यसूचीमा राख्ने सहमति भएको विषयमा जानकारी दिँदै उनले दुवै पक्षले आफ्नो प्रस्तावमा अडिन नसकेका कारण प्रस्ताव असफल भएको बताए।

'मेरो प्रस्तावबाट सबैलाई सम्मान महसुस हुने र समस्याको समाधान पनि निस्कने अवस्था थियो,' पौडेलले भने, 'तर त्यसमा दुवै पक्ष अड्न सकेनन् र मेरो प्रस्ताव भन्दा छुट्टै सहमति भयो।' उनले आजको बैठकमा पहिले सरकारले ल्याएका विधेयक प्रस्तुत गर्ने त्यसपछि मात्र   प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्ने बताए।

स्रोतका अनुसार सरकारले ल्याएको बजेटका पुरक विधेयकहरु प्रस्तुत भएपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको जानकारी वक्तव्यबाट गराएर सरकार अल्पमतमा रहेको जानकारी दिनेछ। त्यसछि सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell