PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​बजेट आश्रित विधेयकहरु फेल हुँदा के हुन्छ? पूर्व मुख्य सचिव डा. विमल कोइराला यसो भन्छन्



पहिलोपोस्ट

काठमाडौं : सरकारको बजेटसँग सम्बन्धित तीन वटा विधेयक संसदमा फेल हुने भएको छ। माओवादी केन्द्रले सत्ता छाडेर बाहिरिँदा विपक्षमा बहुमत सभासद् भएकाले बजेटमा आश्रित तीन वटा विधेयक फेल करिब निश्चित भएको हो।
 
यो घट्ना नेपालका लागि पहिलो हो। आश्रित विधेयक फेल हुँदा के हुन्छ?

सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइराला भन्छन्, ‘बजेट नै फेल हुने होइन, आश्रित विधेयक मात्रै फेल हुने हो। नयाँ सरकारले पछि पास गर्दा हुन्छ।’
 
सरकारको नीति तथा कार्यक्रम संसदले पारित गरिसकेको छ। यसैमा आधारित विनियोजन विधेयक पनि पारित भइसकेको छ। यी दुई प्रमुख पक्ष पारित भइसकेकाले बजेट फेल भएको भन्न नमिल्ने अर्थ सचिवसमेत भइसकेका डा. कोइरालाले भने।
 
संसदले असार २५ गते विनियोजन विधेयक पारित गरेको थियो। यो बजेटको प्रमुख अंग हो। बजेटसँग आश्रित तीन वटा विधेयक आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ पास हुन बाँकी नै छ।
 
'यी विधेयक संसदबाट पारित हुनैपर्छ। विधयेक पारित नभइ सरकारले ऋण उठाउने, राजस्व उठाउने, जमानत बस्ने काम गर्न सक्दैन,' प"र्व मुख्य सचिव डा कोइरालाले भने, 'आगामी भदौसम्म यी विधेयक पारित गर्दा हुन्छ।'  नेपालका लागि यो घट्ना नयाँ भएको कारण यस अघिको नजिर हेर्ने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell