PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ल क्याम्पसको नमूना संसदमा लोकमान सिंह कार्कीमाथि महाअभियोग



सविन ढकाल

ल क्याम्पसको नमूना संसदमा लोकमान सिंह कार्कीमाथि महाअभियोग

काठमाडौं : प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसको सभा हलमा शुक्रबार बेग्लै माहौल थियो। कोठाको अग्र भागमा एउटा ठ्यास र त्यसका पछि लहरै कुर्सीहरु थिए। अगाडि एउटा छुटै कुर्सी अग्लो भागमा राखिएको थियो। त्यही कुर्सीमा लेखिएको थियो सभामुख। सभामुखसँगै छेउमा थियो महासचिवको कुर्सी ।
 
कोठाको छेउमा मन्त्री, कुटनीतिज्ञ, पत्रकार भनेर छुट्टै कुर्सीहरु छुट्याइएको थियो। सबै कुर्सी भरिभराउ थिए। मन्त्री लेखिएका कुर्सीमा मन्त्री आएर बसिसकेका थिए। एकाएक एक जना महिलाको प्रवेश भयो, कुर्सीका सबै 'माननीय सांसद'हरु उठ्छन्। सभामुख सँगै मर्यादापालक पनि छन्।
 
सभामुखले औपचारिक रुपमा सभा सुरु गर्ने आदेश दिन्छिन्। व्यवस्थापिका संसदका महासचिवले अख्तियार अनुसन्धान आयोगकका प्रमुख लोकमानसिह कार्कीसँग केही दिनअघि व्यवस्थपिका संसदद्वारा लोकमान सिह कार्की विरुद्ध महाभियोग प्रस्ताव सम्बन्धि अनुसन्धान तथा सिफारिस गर्न गठित ११ सदस्यीय महाभियोग अनुसन्धान तथा सिफारिस समितिद्वारा तयार पारिएको प्रतिवेदन प्रस्तुत हुन्छ। जुन प्रतिवेदनमा लोकमानसिह सँग लिइएको बकपत्र समेत पढेर सुनाइन्छ।

समितिले लोकमानलाई बिराट मेडिकल कलेजलाई सम्बन्धन दिएर अख्तियारको दुरुपयोग गरेका, केयु को परीक्षामा हस्तक्षेप गरेका, सवैधानिक अंगको प्रमुख भएर पनि उदालतको अपहेलना गरेका लगायतबारे बकपत्र तयार पार्छन। प्रतिवेदन सुनेपछि सभामुखले प्रतिवेदनमा छलफल गर्न सांसदलाई समय दिन्छिन्। उनले आफ्नो समय राख्न दुई मिनेट समय दिन्छिन्।

कुर्सीमा बसिरहेका एक संसद उठ्छन्। कार्कीले आफै भष्टाचारीलाई संरक्षण गरेको, केयुको परीक्षामा हस्तक्षेप गरेको भन्दै कार्कीमाथि जाइलाग्छन्। त्यत्तिकैमा सभामुखले समयको सकिएको भन्दै जानकारी दिन्छिन। कोठामा छेउमै बसेका अर्का संसद उठ्छन र लोकमानको बचाउ गर्छन्।

लोकमानले आफ्नो कार्यकालमा भष्टाचार निर्मुल गरेको भन्दै महाअभियोग लगाउन नमिल्ने दावी गर्छन्। बेलाबेलामा भित्र संसदमा झै हो-हल्ला हुन्छ। सभामुखले मर्यादामा रहन संसदलाई सम्झाउँछिन्। संसदको मर्यदा कायम राख्न सुझाउँछिन्। करिब ४५ मिनेट संसदहरु महाअभियोगको पक्ष र विपक्षमा बहस गर्छन्। समर्थन गर्नेले आफ्ना बक्ताले बोल्दा टेबल ठटाउँछन्।

केही समयको बहसपछि सभामुखले संकलन गरिएको प्रमाणका आधारमा 'यस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयक्तलाई महाअभियोग लगाउने प्रस्तावमा व्यवस्थापिका संसदमा मतदान गर्ने निचोड निकालेको' बताउँछिन्।

एकाएक सन्नाटा छाउँछ। सभामुखले ध्वनि मतले मतदान गर्न भन्छिन्। 'कार्कीलाई महाअभियोग लगाउन हुन्छ भन्नेहरुले हन्छ भन्ने पक्षमा हात उठाउनु होला,' उनले भनिन्। हातहरु माथि उठ्छन्। सभामुख फेरि भन्छिन्, 'हुन्न भन्ने माननीयहरुले हात उठाउनु होला।'

केहीबेर पछि उनी भन्छिन्, 'व्यवस्थापिका संसदका बहुमत सदस्यहरुले महाअभियोग लागाउन हुन्छ भन्ने पक्षमा भएकाले महाअभियोगको प्रस्ताव पारित भएको घोषणा गर्छु।'

सभामुखले धारा २ सय ३८ को भाग २१ अन्तर्गत नयाँ अख्तियारको प्रमुख बनाउन संवैधानिक परिषदलाई आग्रह समेत गर्छिन्।

यो दृष्य विवादमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन गरिएको नमुना मतदानको कार्यक्रम थियो। कार्यक्रम फ्रिलेन्स युथ मुभमेन्टले आयोजना गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell