PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका १० आरोप



पहिलोपोस्ट

​प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका १० आरोप

काठमाडौँ : आफैँले प्रस्ताव गरेर गत वर्षको असोज २४ गते प्रधानमन्त्री निर्वाचित गराएका केपी शर्मा ओलीविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव राख्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गम्भीर आरोपहरु लगाए। एक घण्टा संसदमा आफ्ना धारणा राखेका प्रचण्डले भद्र सहमतिबाटै गडबड सुरु भएको बताए। के हुन् प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डका आरोप?

१)    माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने

प्रधानमन्त्री ओलीसँग भएका वाचा कबोलहरु उहाँले बिर्सदैँ जानुभयो वा त्यसलाई अवमूल्यन गर्दै जानुभयो वा मनोवैज्ञानिक ढंगले भन्नुपर्दा म के भन्नसक्छु भने प्रधानमन्त्रीले माओवादीलाई उपयोग गर्ने, भर्या ङ बनाउने र आफ्नो स्वार्थ सिद्धि गर्ने र कमजोर पार्ने रणनीति अनुरुप जानु भएको महसुस हामीले गर्यौँभ। सबैभन्दा दुखद कुरा यही नै रह्यो- माओवादीलाई कुनै न कुनै रुपमा प्रयोग गर्ने। 

२)    इगो सेन्ट्रिक, सेल्फ सेन्ट्रिक

उहाँमा कहीँ न कहीँ इगो सेन्ट्रिक, सेल्फ सेन्ट्रिक कार्यशैली रहेछ भन्ने बढी महसुस गरेँ। त्यो कार्यशैलीका कारणले उहाँले कहीँ न कहीँ आफूलाई सबैको सामूहिक सहयोगको परिणाममा मैले यो अवसर प्राप्त गरेको हो भन्ने कुराको अनुभूति छाड्दै र बिर्सदैँ जाँदै गरेको जस्तो र आफैँ पूर्ण छु भन्ने स्थितिबाट चल्न खोजेको जस्तो। यो संयुक्त सरकार हो, यो केही प्रतिबद्धतासहितको सरकार भन्दा यो एकल सरकार हो र आफूले इच्छाएको ढंगले चलाउन सक्छु भन्ने ढंगले प्रस्तुत भएको महसुस भयो। 

३)    कार्यशैलीमा अहंकार र दम्भ देखिएको

उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखिएको महसुस भयो। उहाँले सरकारभित्रको, पार्टीभित्रको सहमति र सहकार्य र राष्ट्रको अगाडि देखिएका समस्यालाई सामूहिक ढंगले अधिकतम सदुपयोग, उपयोग गर्नेतर्फ भन्दा यस्तो रणनीति अनुरुप चल्नुभयो जुन राष्ट्रको एकताको निम्ति बाधक बन्ने त होइन भन्ने पर्दै गयो। 

४)    सबैलाई प्रोभोक गर्ने, इरिटेट गर्ने

राष्ट्रियता र स्वाधिनताबारे हामीले गतिशील राष्ट्रियताको पक्षपोषण गर्दैछौँ वा हामीले एउटा निश्चित वर्ग समूहको राष्ट्रियतालाई नै समग्र ठान्दैछौँ- बहस गर्नुपर्ने आवश्यकता पर्यो । हामी जुन भूराजनीति अवस्थामा छौँ। हाम्रो छिमेकीसँग र हामीले पूरै अन्तर्राष्ट्रिय समुदायसँग विशिष्ट सन्तुलनबाट जानुपर्ने आवश्यकता छ। तर मैले राष्ट्रियताको सन्दर्भ होस् वा दलहरुसँगको सम्बन्ध परिचालनमा होस् या मधेस, जनजाति, दलित, मुस्लिमको समस्या समाधान गर्नेमा होस्, कहीँ न कहीँ एउटा प्रवृति कस्तो देखा पर्योम भने सबैलाई प्रोभोक गर्ने, इरिटेसन गर्ने, सम्बन्ध सुदृढ गर्नेतर्फ भन्दा राष्ट्रिय एकतालाई विश्रृङ्खलित पार्नेतर्फ गम्भीर बहस रह्यो। आजको युगमा आन्तरिक राष्ट्रिय एकता सुदृढ नगरी वास्तविक अर्थमा राष्ट्रियता सुदृढ र सुरक्षित गर्न सकिन्न। 

५)    प्रधानमन्त्रीजीलाई संघीयता र गणतन्त्र पनि त्यति रुचि छैन

उहाँले पटक-पटक भन्ने गर्नुभएको छ, मलाई संघीयता मन परेको छैन। यो मैले बाध्य भएर स्वीकारिदिएको मात्रै हो। त्यसकारण के महसुस गरियो भने उहाँको लगाव चाँही संघीयता मन नपराउनेसँग विशेष प्रेम भाव हुने भयो। संघीयताका पक्षधर उहाँलाई मनै परेको छैन। त्यसैले उहाँसित कहीँ न कहीँ दुरी बन्न जाने भयो। 

मलाई लाग्छ गणतन्त्रमा म त्यही त भन्दिनँ तर मनोवैज्ञानिक र भावात्मक रुपमा हेर्दा प्रधानमन्त्रीजीलाई गणतन्त्र पनि त्यति रुचि लागे जस्तो लागेको छैन। किनभने राजतन्त्र चाहिन्छ भन्नेसँग उहाँको लगनगाँठो राम्रो कसिएछ। समानुपातिक समावेशी पनि बेकारको हो भन्ने लाग्छ। 

६)    सरकारमा बसे पनि  सिद्धिन्छ, सरकार बाहिर गए पनि सिद्धिन्छ भन्ने मनोविज्ञान


माओवादी र एमाले बीच तालमेल संयुक्त केन्द्र हुँदै अन्ततः कम्युनिष्ट केन्द्र बन्ला भनेको त। सरकार बनिसकेपछि यी सबै चिज बिर्सिए। माओवादी सिद्धिन लागेको छ, जे गरे पनि सिद्धिन्छ यो, यो सरकारमा बसेपनि पनि सिद्धिन्छ, सरकार बाहिर गएपनि सिद्धिन्छ भन्ने मनोविज्ञान प्रधानमन्त्रीजीमा विकास हुँदै गएको महसुस गरेँ। हामीलाई धर्मसंकट पर्योन। गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता यी सबै मान्यता स्थापितका निम्ति हजारौँको बलिदानी भएको छ, त्योप्रति हाम्रो जिम्मेवारी छ। 

७)    या त तपाईँ एक्सन लिनुस् या त म एक्सन लिन्छु

मलाई गोप्य भन्नुभएको कुरा पनि होइन, पछि कांग्रेस सभापति शेरबहादुर देउवा र म समेत बोलाएर भन्नुभयो - अविश्वास हुँदै गएपछि उहाँले एउटा कुरा भन्नुभएको थियो –  या त तपाइँ एक्सन लिनुस् या त म एक्सन लिन्छु। यही रुपमा चल्न सकिन्नँ। प्रधानमन्त्रीजीले देउवाजीसँग पनि भन्नुभयो। विषय प्रतिकात्मक पनि जस्तो छ, गम्भीर पनि छ। शायद प्रधानमन्त्रीलाई नौ महिना पछि थाहा भयो, यो देश भाषण मात्रै गरेर अगाडि बढ्दो रहेनछ। पानीजहाज पनि, ग्यासका पाइपलाइन पनि, रेल पनि, सबै चीज भन्दा जति सजिलो भयो, गर्न सजिलो रहेनछ भन्ने बुझेपछि बरु यो सरकार नै गइदियोस् भन्ने ढुक्कै ठान्नुभयो कि। 

उहाँले अर्को शब्द पनि भन्नुभएको थियो कि तपाँइले सके गलहत्याउनुस् र हेर्नुस् । मैले त यो सोचेको होइन। मैले त समझदारी विकास गर्ने भनेको तर मलाई अहिले लाग्छ कि प्रधानमन्त्रीजी सायद थाकिसक्नुभयो। थाकेर उहाँले भन्नुभयो, तैँले एक्सन लिन्नस् भने मैले एक्सन लिन्छुी। मैले के बुझेँ भने – माओवादी केन्द्रले एक्सन लिने भनेको त सरकारको समर्थन छाड्ने। उहाँले एक्सन लिने भनेको मन्त्रीलाई कारवाही गर्ने। मैले सोचेँ प्रधानमन्त्रीले समर्थन फिर्ता लिए पनि लिओस् भन्ने नै चाहनुभयो जस्तो लाग्छ। 

८)    समझदारी तोड्नुभयो


यो गठबन्धन तोडिहाल्ने इच्छा मेरो थिएन। जुन यही गठबन्धनबाट उहाँसमेत बसेर एमाले सिङ्गै टिम बसेर जे समझदारी भएको थियो त्यो समझदारी कार्यान्वयन गर्न उहाँले सहज ढंगले बाटो दिनुपर्थ्यो । उहाँले त्यतापट्टी रिजेक्ट गरेर प्रधानमन्त्रीकै शब्दमा इनभ्यालिड गरेर जाने अवस्था श्रृजना गर्नु नै तैलेँ एक्सन लि नत्र मैले लिन्छु भनेको अवस्था मैले बुझेको छु। 
 

९)    एक अर्कालाई निषेध गर्ने प्रतिष्पर्धा देखियो

१२ बुँदे निकै ठूलो मेहनत गरेर गरेको हो। र, हामीले यही हलमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्यौँन। हामी माओवादीलाई यो देशका सबै उत्पीडित, आदिवासी, जनजाति, महिला, मधेसीलाई यो परिवर्तनप्रति गहिरो लगाव छ। तर मैले यो बीचमा के अनुभूति गरेँ भने सुशील कोइराला प्रधानमन्त्री हुँदा कांग्रेस सहमतिका साथ जान त्यति इच्छुक नदेखिने, अहिले प्रधानमन्त्री केपी ओली कांग्रेससँग समझदारी निर्माणमा अरुचि देखा पर्ने। एक अर्कालाई निषेध गर्ने प्रतिष्पर्धा देखियो।

१०)    ओलीजी नजिक भएका थुप्रै कानुनविद माओवादीलाई कुनै न कुनै मुद्दामा फसाउनै पर्छ भन्ने


हाम्रो भने शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्ला कि नपुग्ला। मधेसका थारुका माग ठिक ढंगले जाला कि नजाला भन्ने चिन्ता छ। तर यही स्तरको चिन्ता सरकारमा देखिनँ। बरु उल्टो भयो के भने प्रधानमन्त्री ओलीजी नजिक भएका थुप्रै कानुनविद माओवादी नेतालाई कुनै न कुनै मुद्दामा फसाउनै पर्छ भन्ने प्रक्रियामा देखियो। हामी सरकारमा हुँदाहुँदै पनि चाहे त्यो गोर्खाको फुजेल होस् वा ओखलढुङ्गाको विषयमा होस् वा चाहे त्यो अदालतको मुद्दा सम्बन्धमा होस् हामी असाध्यै संवदेनशील भयौँ। 


 ***
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले उनीसाग व्यक्तिगत कटुता केही नभएको भन्दै आलोचनालाई नकरात्मक रुपमा नलिने अपेक्षा समेत गरे। प्रचण्ड बोल्दै गर्दा प्रधानमन्त्री ओली कहिले गम्भीर बनेका थिए भने कहिले मुसुमुसु हाँसिरहेका थिए। 
प्रचण्डले नयाँ सरकार गठनमा संवैधानिक अड्चन छ भनेर गरिएको प्रचारको समेत खण्डन गरे। उनले सरकार बनाउनेसम्बन्धी अहिलेको संविधानको संक्रमणकालीन व्यवस्थाको धारा अन्तरिम संविधान र नियमावलीबाट कपि पेस्ट गरिएको जिकिर गरे। 
उनले खोलो तर्योव, लौरो बिर्सियो भन्ने उखान सम्झाउँदै चुनावमा पराजित माधवकुमार नेपाललाई संसदमा ल्याएको र पछि उनी प्रधानमन्त्री बनेको र झलनाथ खनाललाई छापामार शैलीमा ‘सरप्राइज अट्याक’ गरेर प्रधानमन्त्री बनाउन भूमिका खेलको बताए। 'थोरै अन्तर परेपछि भित्तामा पुर्या्इदिने तरिका नअपनाउँ', प्रचण्डको भनाई थियो। 
उनले आफ्नो पार्टीले कसैलाई निषेध गर्न नचाहेको समेत बताए। बजेटका आश्रित विधेयकमा हुन्छ र हुन्न भन्नेमा आफ्नो पार्टीलाइ नैतिक संकट परेको स्वीकार गर्दै उनले खेलको नियम अनुसार प्रस्तुत भएको तर्क गरे। 

खेलका नियम सिक्दैछौँ
उनले शान्ति प्रक्रियामार्फत् हामी यो प्रक्रियामा आएका हौँ भन्दै विस्तारै विस्तारै खेलका नियमहरु पनि सिक्दै गरेको बताए। ‘तपाइँहरुले हिजो कसरी कैले सूर्यबहादुर थापालाइ कहिले लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाउने, कहिले यो समिकरण गर्ने कहिले त्यो समिकरण गर्ने- किन हुँदो रहेछ यो भनेको अहिले बुझ्दै छौँ हामी। रहस्य रहेछ भन्ने कुरा’, उनले भने।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell