PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अविश्वास प्रस्तावबारे आज र भोलि संसदमा छलफल, आज माधव नेपालले धारणा राख्ने



पहिलोपोस्ट

अविश्वास प्रस्तावबारे आज र भोलि संसदमा छलफल, आज माधव नेपालले धारणा राख्ने

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हिजो राखेको अविश्वास प्रस्तावबारे व्यवस्थापिका संसदमा आज र भोलि छलफल हुँदैछ। 

सभामुख ओनसरी घर्तीले यसअघि साउन ६, ७ र ८ गते छलफलको मिति तोकेकी भए पनि एमालेले बजेटसँग सम्बन्धित तीन वटा विधेयक पहिला प्रस्तुत हुनुपर्ने अन्यथा सदन चल्न नदिने अडान राखेपछि साउन ६ गते बैठक बस्न सकेको थिएन। एमालेकै माग अनुसार विधेयक कार्यसूचीमा पहिला राख्न सहमत भएपछि साउन ७ गते साँझ बल्ल संसद बैठक सुरु भएको थियो।

पहिलो दिन प्रचण्डले केपी ओली विरुद्ध अविश्वास प्रस्ताव राख्नुको कारण खुलाए। उनले ओलीमाथि १० आरोप लगाए। ओलीपछि नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र एमालेका तर्फबाट सुवास नेम्वाङले धारणा राखेपछि बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो। 

अविश्वास प्रस्ताव बारे शनिबार र आइतबार पनि छलफल जारी रहनेछ। शनिबारको बैठकमा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले धारणा राख्दैछन्।

आइतबार छलफल सकिएपछि छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनेछन्। त्यसपछि सभामुखले अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश गर्नेछिन्।

मतदानमा अविश्वास प्रस्तावको पक्षमा कम्तिमा २९८ मत पुगे प्रधानमन्त्री केपी ओली स्वतः पदमुक्त हुनेछन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell