
काठमाडौं : राजधानीका केही औषधि पसलले अवैध लागुऔषध समेत बिक्री गर्ने गरेको तथ्य खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले गरेको अनुगमनका क्रममा काठमाडौंमा सञ्चालित केही औषधि पसलले अवैध लागुऔषध बिक्री गर्दै आएको खुलेको हो।
अवैध लागुऔषध ओपिडोल, ट्रेमाडोल स्पास्मो, ट्राफलास, क्लोनोजेम्पा लगायतका ट्याबलेट बिक्री गर्नेहरुमा शेरावली पोलिक्लिनक, बागेश्वरी फर्मा, जोशी फार्मेसी, रेशनल मेडिकल स्टोर, रुपन्देही ड्रग हाउस रहेका छन्।
प्रहरी र औषधि व्यवस्था विभागको तीन दिनको अनुगमन क्रममा ती पसलमाथि कारबाही गरिएको हो। गैरकानुनी रुपमा अवैध औषधि बिक्री गरेकाले ती पसलमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।