PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

निर्वाचित भएको तीन महिना नपुग्दै नेपाली लेखक संघका अध्यक्ष लम्सालको राजीनामा



पहिलोपोस्ट

निर्वाचित भएको तीन महिना नपुग्दै नेपाली लेखक संघका अध्यक्ष लम्सालको राजीनामा

काठमाडौं : नेपाली लेखक संघका अध्यक्ष डा. नवराज लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्।
 
राष्ट्रिय महाधिवेशनका दस्तावेजहरु पटकपटक माग गर्दा पनि 'निवर्तमान कार्यसमितिबाट वर्तमान कार्यसमितिलाई प्राप्त नभएको'मा असन्तुष्टि जनाउँदै उनले शुक्रबार राजीनामा दिएका हुन्।
 
आफू निर्वाचित राष्ट्रिय महाधिवेशनका दस्तावेज नै नहुनु र तिनैका आधारमा गरिने वैधानिक प्रक्रिया अवरुद्ध हुनुले संस्थामा मात्र नभई आफैंमा पनि नैतिक अवरोध आएको लम्सालको भनाइ छ।
 
'आफैं र आफ्नै केन्दीय समिति निर्वाचित भएको ऐतिहासिक अधिवेशनको सम्पूर्ण दस्तावेज आफ्नै नैतिक बलको जग हो। त्यो जग नहुँदा संशोधित विधान प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत गराउन, संघको दर्ता नवीकरण गर्न, बैंक खाता सञ्चालन तथा लेखापरीक्षण लगायतका व्यावहारिक काम गर्न समेत यसबाट बाधा उत्पन्न भएको छ र अधिवेशनले पारित गरेको विधान समेत आजसम्म स्वीकृत गराउन पाइएको छैन,' उनको राजीनामा पत्रमा उल्लेख छ।
 
उनी २०७३ वैशाख १८ र १९ काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नेपाली लेखक संघको अध्यक्ष पदमा निर्वाचित भएका थिए। निर्वाचित भएको तीन महिना नपुग्दै उनको राजीनामा आएपछि लेखकवृत्त तरंगित बनेको छ।
 
लेखनको आदर्श र मर्यादामार्फत समाजलाई नैतिकता सिकाउने संस्थामा रही नक्कली काम गर्नुभन्दा नयाँ प्रक्रिया र वैधानिकताका लागि मार्ग प्रशस्त गर्नु उपयुक्त ठानेर राजीनामा दिएको लम्सालले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell