PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात



पहिलोपोस्ट

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

काठमाडौं : महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र एपिएफ र पूर्वाञ्चल विकास क्षेत्रले विजयी सुरुवात गरेका छन्।
 
शनिबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा एपिएफले मध्माञ्चल विकास क्षेत्रलाई ८ विकेट पराजित गर्‍यो। यस्तै दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटले हरायो।
 
टी ट्वान्टी फर्म्याटमा खेलाइको प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले मध्यमाञ्चलले दिएको ४० रनको लक्ष्य ८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफको जितमा विकेटकिपर ज्योती पाण्डेले सर्वाधिक १६ रनको योगदान गरिन्। यस्तै कप्तान बिनु बुढामगर ९ र रितु कनौजिया ८ रनमा नटआउट रहे। एपिएफका सरिता राना मगर २, सिता रानामगर १ र प्यारी चौधरी शून्यमा आउट भए। बलिङतर्फ रोजी कडारीले २ तथगा अस्मि कर्माचार्यले १ विकेट लिए।
 
यसअघि १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले पूरै ओभर खेल्दै ८ विकेटको नोक्सानीमा ३९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान शोभा आलेले १२ तथा विकेट किपर शारदा वाग्लेले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। मध्यमाञ्चललाई कम स्कोरमा रोक्न एपिएफका सरिता मगर, करुण भण्डारी र निरा राजोपाध्याएले दुई दुई विकेट लिइन् भने रितु कनौजियाले एक विकेट झारिन्। एपिएफकी सरिता मगर वुमन अफ दि म्याच घोषित भइन्।
 
यस्तै दोस्रो खेलमा पूर्वाञ्चलले दिएको ३९ रनको लक्ष्य पश्चिमाञ्चललले मात्र १ विकेट गुमाउँदै ८ ओभरमा पूरा गर्‍यो। पूर्वाञ्चलको जितमा विकेटकिपर काजोल श्रेष्ठले सर्वाधिक २१ रन बनाइन् भने रश्मि शर्माले १३ रनको योगदान गरिन्। दुवै खेलाडी नटआउट रहे। पूर्वाञ्चलकी अरुणा चौधरी २ रनमा आउट भइन्।
 
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १८ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ३८ रन बनाउन सक्यो। पश्चिमाञ्चलका लागि वर्षा रानाले १६ तथा सरस्वती पुनले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। पश्चिमाञ्चलका ५ खेलाडीले खाता समेत खोल्न सकेनन्।
 
उसलाई कम स्कोरमा रोक्न पूर्वाञ्चलकी सन्तोषी चौधरीले सर्वाधिक ४ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र कबिता गौतमले २/२ विकेट लिइन्। सरस्वती चौधरी र सबनम राईले पनि १/१ विकेट हात पारे।
 
४ विकेट लिन सफल पूर्वाञ्चलकी सन्तोषी चौधरी वुमन अफ दि म्याच घोषित भइन्। 

भोलिको खेल मध्यपश्चिमाञ्चल र एपिएफ तथा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell