PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​लोकमानलाई निम्त्याउने संसदीय समितिकाे बैठक नै स्थगित



पहिलोपोस्ट

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित आयुक्तहरुलाई स्पष्टिकरणका लागि डाकेको संसदको सुशासन तथा अनगुमन समितिको बैठक स्थगित भएको छ।

समितिले शनिबार साँझ मात्र सांसदहरुलाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएको थियो।

शुक्रबार समितिले काठमाडौँ विश्वविद्यालयमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको परीक्षा अख्तियारले नै सञ्चालन गरेको विषयमा स्पष्टिकरणका लागि कार्की सहित आयुक्तहरुलाई बोलाउने निर्णय गरेको थियो।

समितिले संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल र मतदानका कारण बैठक स्थगित गरेको जनाएको छ। ‘समितिको बैठक अब मंगलबार बस्नेछ’, सांसद अमनलाल मोदीले पहिलोपोस्टसित भने। समितिमा एमालेका मोहनसिंह राठौर सभापति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell