PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

अमरेशकुमार सिंहविरुद्ध युवा संघको प्रदर्शन



पहिलोपोस्ट

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहविरुद्ध युवासंघ नेपाल  प्रदर्शनमा उत्रिएको छ।
 
सिंहले शनिबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओली 'मानसिक रोगी' भएको आरोप लगाएका थिए। उनको अभिव्यक्तिपछि केही बेर संसदमा हंगामा भएको थियो। सिंहलाई देश निकाला गर्न माग गर्दै शनिबार नयाँबानेश्वरमा प्रदर्शन गरेका संघका कार्यकर्ताले आज पनि प्रदर्शनलाई जारी राख्ने भएका छन्।
 
प्रधानमन्त्री मानसिक रोगी भनेको पुष्टि गर्न र सिंहलाई तत्काल हिरासतमा लिएर कारबाही गर्न संघले माग समेत गरेको छ। प्रदर्शनको नेतृत्व युवासंघका अध्यक्ष राजीव पहारीले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell