PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु २० यात्रु घाइते



पहिलोपोस्ट

दाङ :  दाङको लमही नगरपालिका–११ रातोडाँडास्थित लमही-घोराही सडक खण्डमा भएको बस दुर्घटनामा सिसहनिया–६ बस्ने १२ वर्षीय निरज गिरीको ज्यान गएको छ।
 
रा १ ख ४५५ नम्बरको उक्त बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्। घाइतेमध्ये गढ़वा–६ बस्ने २६ वर्षीय राजेश चौधरी सहित ११ जनालाई मेडिकल कलेज कोहलपुरमा र अन्य ९ घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको छ। बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell