PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​अख्तियार अघि गोविन्द केसी समर्थकमाथि लाठीचार्ज



पहिलोपोस्ट

काठमाडौँ : डाक्टर गोविन्द केसीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि टंगाल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि लाठीचार्ज भएको छ।

धर्ना दिन पुगेका चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र केसीका समर्थकहरु माथि प्रहरीले लाठी चार्ज गरेको हो। साथै केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

प्रदर्शनमा सहभागी सुमन आचार्यले दिएको जानकारी अनुसार डा सागर पोखरेल, बद्री अर्याल, विषद दाहाल, मिर्जा सिद्दिकी, बिक्रम ओली, पदम जोशी, पुकार बम लगायत पक्राउ परेका हुन्। 

अनसनरत डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउन माग गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell